Sagun Khabar
तनहुँ बस दुर्घटना ,मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थलमा
Atrya hospital

तनहुँमा आज बिहान भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर पठाएको छ । मेडिकल टिमसहितको टोली हेलिकप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सेनाले जनाएको छ ।  घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याउने तयारी छ । घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर ९यूपी ५३ एफटी ७६२३० को बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update