Sagun Khabar
बाढीले कैलालीका ५ सय घर डुबानमा 

कैलाली –कैलालीका पाँच सय घर डुबानमा परेका छन् । जिल्लामा दुई दिनसम्म परेको अविरल वर्षाका कारण पाँच सय घर डुबानमा परेका हुन् । कैलारी गाउँपालिका र भजनी नगरपालिकाका घरहरूमा बाढीले बढी क्षति गरेको बताइएको छ । 

बर्षाका कारण कैलालीमा एक हजार सात सय जना प्रभावित भएका छन् । उनीहरु घरको माथिल्लो तला, विद्यालय र वडा कार्यालयहरुमा बसेका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

Atrya hospital

बुधवारदेखि परिरहेको अविरल वर्षाले कैललाीका सबै खोला, नाला र नदीमा पानीको सतह बढेको छ । बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । 

भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कैलारी गाउँपालिकाको केही घर डुबान परेका छन् । कैलारी– ५ का डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ ।

यसैबिच बुधवार कैलारी गाउँपालिका ५ बैजपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई बाढी बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update