Sagun Khabar
सुदूरपश्चिम निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

कैलाली –सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले मंगलबारको प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेपनि विधेयक बहुमतले पारित भएको छ । 

Atrya hospital

माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले विधेयक राना थारू समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाए । 

निजामती सेवामा राना थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने ओलीको माग थियो । राना थारू समुदायको जनसंख्याको अनुपातमा प्रतिनिधित्व कम गराउने गरी विधेयक संशोधन गरिएको चौधरीले बताएका छन् । 

नेकपा (एमाले) र कांग्रेसका सांसदहरूले उक्त विधेयकको समर्थन गरे । एमालेका सांसद चक्र मल्लले निजामती सेवा ऐन पारित नहुँदा प्रदेशको कार्य सम्पादनमा बाधा, अड्चन आएको बताए । 

कांग्रेस सांसद तुलसी देवकोटाले ऐन कार्यान्वयनको पाटोमा बढी ध्यान दिनुपर्ने बताइन । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update