Sagun Khabar
बझाङ पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन् । 

Atrya hospital

शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन् । 

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका–१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो । धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update