Sagun Khabar
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता 

काठमाण्डौं –रराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा  एस. जयशङ्करबीच सोमबार भेटवार्ता भएको छ ।

दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

Atrya hospital

भ्रमणबाट सदिऔँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा गरेको परराष्ट्रमन्त्री राणाले भेटपछि फेसबुकमा उल्लेख गरेकी छिन् । 

भेटमा भारतका लागि कार्यवाहक नेपाली राजदूत डा सुरेन्द्र थापा, परराष्ट्रका सहसचिब भृगु ढुंगाना, नेपाली दुताबासका इकोनोमिक काउन्सिलर दुरपदा सापकोटा लगायत सहभागी थिए । 

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update