Sagun Khabar
सुदूरपश्चिम सरकारद्वारा बजेट निर्माणका आधार निर्धारण 

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण गर्न चारवटा आधार निर्धारण गरेको छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणमा जुटेको प्रदेश सरकारले बजेट निर्माणका चारवटा आधार तय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार) सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका चारवटा आधार तय गरेर घोषणा गरेका छन् । 

Atrya hospital

मुख्यमन्त्री शाहले विज्ञप्ति नै जारी गरेर प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ । आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिने मुख्यमन्त्री शाहले बताए । 

प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी  र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने मुख्यमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने मुख्यमन्त्री शाहले बताए । 

यसअघिका सरकारहरूले ५० हजारसम्मका बजेट विनियोजन गर्दै आएका थिए भने उपभोक्ता समितिमार्फत समेत काम हुँदै आएको थियो । तर मुख्यमन्त्री शाहले उपभोक्ता समितिमार्फत काम नगराउने दाबी गरेका छन् । यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update