Sagun Khabar
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुग्यो
Atrya hospital

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो ।

यसअघि साउनको २९ गते तोलाको एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update