Sagun Khabar
कैलालीको गेटा अस्पतालमा बिरामी भर्ना गरेर उपचार सेवा शुरु 

कैलाली –कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ ।

अहिलेसम्म ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको अस्पतालले शुक्रवारदेखि बिरामी भर्ना गरेर उपचार सेवा शुरु गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । 

Atrya hospital

भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीहरुलाई आजदेखि भर्ना गरेर उपचार गर्न शुरु गरिएको उनले बताए । 

भर्ना गरेर उपचार गर्नुपर्ने महिला र पुरुष बिरामीहरुका लागि अलग–अलग वार्ड सञ्चालनमा ल्याइएको सूचना अधिकारी कार्कीले बताए । 

 गेटा अस्पतालमा  फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत शुरु भएको छ । गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको परीक्षण समेत गर्ने भएको छ ।भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सर पत्ता लगाउने सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी कार्कीले बताए ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशनमा गेटा अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्न शुरु गरिएको बताइएको छ । अस्पतालमा चौबिसै घण्टा प्रयोगशाला र फार्मेसी सेवा समेत सञ्चालन हुने सूचना अधिकारी कार्कीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update