Sagun Khabar
डोटी बस दुर्घटना : घाइते सबैको परिचय खुल्यो 

डोटी–डोटीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार १६ जना बसमा सवार यात्रु र एक जना स्थानीय घाइते भएका हुन् । घाइतेहरूमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ का २३ वर्षीया सविता देउवा, डोटीको दिपायल सिलगढी–६ थाप्लाका २९ वर्षीय भोजराज धामी, सायल गाउँपालिका–७ का ८२ वर्षीय तेजबहादुर सिंह, आदर्श गाउँपालिका–४ का ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय सन्तोष बोहरा, शिखर नगरपालिका–१० का बस चालक ३५ वर्षीय भरत रावल, दिपायल सिलगढी–१ की ४० वर्षीया डम्मरी देवी खड्का, दिपायल सिलगढी–४ का ३८ वर्षीय दिलबहादुर नेपाली, सायल गाउँपालिका–४ का ६५ वर्षका हर्कबहादुर सिंह, केआईसिंह गाउँपालिका–२ का ४० वर्षीय कमल विक्रम शाही रहेका छन् । 

Atrya hospital

यस्तै दिपायल सिलगढी–६ का २९ वर्षीय भेषराज धामी, आदर्श गाउँपालिका–१ का २३ वर्षका प्रकाश खड्का, पूर्विचौकी गाउँपालिका–७ का २१ वर्षीय हिक्मत विक, बोगटान फुड्सिल गाउँपालिका–६ का ३५ वर्षीय देवबहादुर बोगटी, सायल गाउँपालिका–४ का ५६ वर्षीय लालबिरे भुल, सायल गाउँपालिका–२ का ४० वर्षीय दलबहादुर बयाडी घाइते भएका छन् । 

दुर्घटनामा परेको बसले स्थानीय लक्ष्मण बोगटीको घर र भान्सा तथा अर्जुन ठोकरको भान्सामा पनि क्षति पुगेको छ । सोही घटनामा परी घरमा सुतिरहेकी स्थानीय करिब ५५ वर्षीया सरू लामा सामान्य घाइते भएकी डिएसपी भट्टराईले बताए । बस दुर्घटनामा घाइते भएका कमल विक्रम शाही बस साहु रहेको खुलेको छ । घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ ।

धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस शुक्रवार बिहान ५ बजेतिर दिपायल सिलगढी–४ समुहगाडमा दुर्घटना भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update