Sagun Khabar
सुदूरपश्चिममा कर संकलन शुरु 

कैलाली –सुदूरपश्चिम प्रदेशमा कर सङ्कलनको कार्य सुरु भएको छ । प्रदेश सरकारले अध्यादेश ल्याएर कर सङ्कलनको कार्य सुचारु गरेको हो । 

पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेटसहित आर्थिक र विनियोजन ऐन पास गराउन नसकेपछि सुदूरपश्चिममा कर सङ्कलन तथा आर्थिक गतिविधि बन्द भएका थि ए। एक महिनादेखि उधारोमा आर्थिक गतिविधि चल्दै आएको छ । चालु आर्थिक वर्षको तीन हप्तासम्म करसमेत सङ्कलन गर्न नसकेको सरकारले अध्यादेश ल्याएर कर सङ्कलन सुचारु गरेको छ । 

Atrya hospital

सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ जारी गरेर साउन २४ गतेबाट कर सङ्कलनको कार्य पुनः सुरु गरिएको हो । सो अध्यादेश मङ्गलवार प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ । यातायात कार्यालय, धनगढीका प्रमुख नरेन्द्र शाहले कर सङ्कलनको काम सुरु भएको बताए । 

कर सङ्कलन सुरु भए पनि चालु खर्च भने महिना दिनदेखि ठप्प छ । चालु खर्च निरन्तर रूपमा सञ्चालन नहुँदा मन्त्रालय र मातहतका कार्यालयको सेवा प्रवाहमा समस्या रहेको बताइएको छ । 

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले पूर्ण बजेट ल्याएपछि बजेट विहीनताको अवस्थाको अन्त्य हुने छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update