Sagun Khabar
भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

काठमाण्डौं –भारतले ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ । 

भारतीय दूतावासले विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स प्रदान गरेको हो । भारतले स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको छ । हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान प्रदान गरिसकेको भारतीय दूतावासले जनाएको छ । 

Atrya hospital

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको दूतावासले जनाएको छ ।

गत पुसमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय सहमतिपछि भारतले नेपालमा परियोजनामा सिधै २० करोड खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update