Sagun Khabar
माओवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा गीतादेवी माल

 कैलाली –नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको प्रमुख सचेतकमा गीतादेवी माल चयन भएकी छन् । 

माओवादी सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेका दलका उपनेता अक्कलबहादुर रावलले बताए । 

Atrya hospital

प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ ।

यसअघि माओवादीको प्रमुख सचेतकमा मानबहादुर धामी थिए । उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update