Sagun Khabar
एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल र सचेतकमा बम 
Atrya hospital

कैलाली –नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् । 

मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए । पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update