Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।

यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

Atrya hospital

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए ।
बैठकको समय निर्धारण गर्न भने बाँकी रहेको सभामुख भण्डारीले बताए । 

कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update