Sagun Khabar
साउनको अन्तिम सोमबार, शिवालयहरुमा दर्शनार्थीको भीड 

बैतडी–साउन महिनाको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ । साउनको सोमवार भगवान शिवको प्रिय बार भएकाले यस दिन व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । ज्योतिषशास्त्रअनुसार साउने सोमवारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ । साउनको सोमवार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Atrya hospital

साउन महिनाको अन्तिम सोमबारका दिन बैतडीको दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित सहस्त्रलिङ्गमा सामूहिक रुद्री पाठसहित रुद्राभिषेकको आयोजना गरिएको स्थानीय उद्धवसिंह मार्कण्डले बताए । 

साउनको अन्तिम सोमबार बैतडीका रौलाकेदार, ग्वाल्लेक केदार, शिखर केदार, सिगास धुरा, शिवनाथ, दोगडाकेदार लगायतका धामहरुको दर्शनार्थीहरुको घुइँचो लागेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update