Sagun Khabar
करेन्ट लागेर एकजनाको मृत्यु 

बाजुरा –बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो । 

Atrya hospital

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पताल पुर्याइएको थियो । 

उपचारको क्रममा बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय बाजुराले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update