Sagun Khabar
काठमाण्डौबाट रसुवाका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर आसपासमा बेपत्ता
Atrya hospital

काठमाण्डौ – एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा बेपत्ता भएको छ । काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर आसपासमा बेपत्ता भएको हो ।

हेलिकप्टरसँग अन्तिम पटक सूर्यचौरबाट सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टरको खोजीका लागि सूर्यचौर क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दा परिचालित भएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update