Sagun Khabar
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुख मियाँले आइतबार शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए । केन्द्रमा भएको नयाँ सत्ता समीकरण र सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाएको हो ।

Atrya hospital

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत जुटाउन २७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ जना सांसद हुँदा सहज बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ । आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ ।

शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update