Sagun Khabar
नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट
Atrya hospital

नेकपा (एमाले)ले सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ। बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको महासचिव शंकर पोखरेलले बताए। पोखरेलकाअनुसार सुदूरपश्चिममा लेखराज भट्ट, कोशी प्रदेशमा शेरधन राई र मधेशमा लीलानाथ श्रेष्ठ छन्।

यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र र बागमतीमा डाक्टर राजन भट्टराइलाई इन्चार्ज तोकिएको छ। एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई नियुक्त गरेको छ भने मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनयन गरेको छ। 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update