Sagun Khabar
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  सोडारीले शुक्रबार विश्वासको मत लिने

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्।

असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका हुन्। यसका लागि आज (बुधबार) उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका छन्। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पनि पठाइसकेको छ।

Atrya hospital

शुक्रबार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए। असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन साउन १८ गते विश्वासको मत लिन लागेका हुन्।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए। तर केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको थियो भने आफुना तीन जना मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update