Sagun Khabar
धर्मगुरु खतिवडा को एम पुजा, प्रधानमन्त्री केपि शर्मावली को फोटो मा मृत्यु को तर्पण
Atrya hospital

नेपाल का प्रमुख दल का नेता सहित प्रधानमन्त्री केपि शर्मावली को फोटो लाई मृत्यु को कामना सहित तर्पण दिदै यमराजको पुजा गर्न लागेका धर्मगुरु पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । 

मण्डिखाटारस्थित यज्ञ गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएकाछन् । 

झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।  प्रहरीका अनुसार उनले नेताहरूको मृत्युको लागि यमराजको पुजा गर्न लागेको भन्दै प्रचार गरेको बताइएको छ। धर्मगुरु खतिवडाले नेताहरूलाई तर्पण दिन भन्दै सर्वसाधारणलाई समेत सामाजिक संजालमार्फत निम्तो दिएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update