बैतडी- बैतडीमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नभएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताए । सामाजिक सुरक्षा भत्ता पाउनको लागी राष्ट्रिय परिचयपत्र अनीवार्य नभएपछि प्रशासनमा समेत सेवाग्राहिहरुको भिड कम हुन थालेको छ ।
यसअघि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणका लागी राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भनेपछि सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहि आत्तिएर महंगो भाडातिरेर तथा गाडीनै बुकीङ्ग गरेर समेत राष्ट्रिय परिचयपत्र बनाउनको लागि जिल्ला प्रशासन कार्यालय बैतडी आउने गरेको शर्माले बताए ।
नेपाल सरकारले अहिले सामाजिक सुरक्षा भत्ता पाउने नगरीकको राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नगरेपछि अहिले जिल्ला प्रशासन कार्यालय बैतडीमा समेत सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहिहरु राष्ट्रिय परिचयपत्र बनाउन आउनेको सख्यामा कमी आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
यसअघि नेपाल सरकारले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम लागू भएको थियो । तर ज्येष्ठ नागरिकले दुःख पाएको गुनासो गरेपछि गएको असार २७ गते सरकारले तत्कालका लागि यो नियम स्थगित गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लाभित्र भने बैतडी नपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख भिमकान्त शर्माले बताए ।
यदी सरकारले बैतडीलाई पनि अनिवार्य गरेभने वडा वडामा राष्ट्रिय परिचयपत्रको टोली पनी खटिएर सहजिकरण गर्ने योजना रहेको बताईएको छ । टाढाँटाढाँ बाट सामाजिक सुरक्षा भत्ताको लागिमात्र राष्ट्रिय परिचयपत्र बनाउनुको लागि प्रशासन धाउने दुःख गर्नु नपर्ने शर्माले बताए । टाढाँटाढाँबाट सामाजिक सुरक्षा भत्ताको लागि जिल्ला प्रशासन कार्यालय बैतडी आउँदा बुढापाखाहरुले दुख पाईरहेका छन् । यसअधि भने पालिकाहरुले परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएका थिए ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
