Sagun Khabar
दार्चुलामा तुइन काटेर युवक बेपत्ता पार्नेलाई कारवाही र पीडितलाई क्षतिपूर्ती दिन व्याँस गाउँपालिकाको माग 

दार्चुला –भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकालीमा बेपत्ता भएका दार्चुलाको जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ती दिन र दोषीमाथि कारवाही गर्न व्याँस गाउँपालिकाले माग गरेको छ । 

व्याँस गाउँपालिका २ राप्ला बस्ने ३३ बर्षीय धामी गत शुक्रबार तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटेपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । 

Atrya hospital

भारतीय सुरक्षाकर्मीबाट भएको अक्षम्य अपराधको घोर भत्र्सना गर्दै मानव अधिकारको समेत ठाडो उल्लंघन भएको गाउँपालिकाले जनाएको छ । महाकालीमा बेपत्ता भएका धामीको यथाशीघ्र खोजी गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र दोषी भारतीय सुरक्षाकर्मीमाथि कानुनी कारवाहीका लागि पहल गर्न नेपाल सरकारसंग माग गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै लामो समयदेखि निर्माण हुन नसकेका तर ठेक्का भएका मलघट्टे र मालघाट झोलुंगे पुल यथाशीघ्र निर्माण गर्नुपर्नेमा समेत व्याँस गाउँपालिकाले जोड दिएको छ । 

गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीद्वारा हस्ताक्षरित माग पत्रमा दोषीलाई कानुन अनुसार कारवाही हुनुपर्ने उल्लेख गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update