Sagun Khabar
हाते सीप हस्तान्तरण नहुँदा लोप हुँदै पुर्खौली पेशा 

बैतडी – बैतडी को विभिन्न ठाउँमा पाइने रमभास र भेउल बाट निर्मित स्थानीय डोरी जेउडा उत्पादन गर्ने हाते सीप लोप हुँदै गएको छ । जेउडा उत्पादन गर्ने हाते सीप नयाँ पुस्ता मा हस्तान्तरण नहुँदा जेउडा बाटने पुर्खौली पेसा लोप हुँदै गएको हो । पुर्खौ देखि हाते सीप संगै स्थानीय स्रोत साधन को प्रयोग बाट जीवन उपयोग गर्न चलाएको यो सीप नयाँ पुस्ता ले चासो नराख्दा र स्थानीय डोरी जेउडा को विकल्पका रुपमा प्लास्टिका डोरी आउन थालेपछि स्थानीय हरुले यो सीप प्रयोग गर्न छाडेका हुन् । कुनै बेला गाई गोरु लगायत घरपालुवा जनावर बाध्न  प्रयोग गरिनु संगै हलो जोत्दा समेत प्रयोग मा आउने स्थानीय डोरी जेउडा अहिले प्रयाप्त स्थानीय स्रोत साधन हुदा पनि सीप हस्तान्तरण नहुदा प्लास्टिका को भर पर्नु पर्ने बाध्यता आएको पाटन ६ टुणेगैर का स्थानीय चन्द्र सिँह महरा ले बताए । 

 

Atrya hospital

विगतमा प्रत्येक किसानले घरमा पालिएका पशु चौपायका आधारमा घास को लागि छुट्याएको फागला को किनार मा रमबास र खेती गर्ने ठाउँहरुमा भेउल का बोट लगाएर स्थानीय हाते डोरी जेउडा को लागि स्रोत सुरक्षित गर्नु अनिवार्य जस्तै थियो तर पछिल्लो समय युवा बिदेशीने क्रम बढे सङ्गै खेती गर्न र पशु चौपाया पाल्न छाडेपछी हाते सीप पनि लोप हुँदै गएको हो । भेउल र रमबास बाट स्थानीय डोरी जेउडा संगै सोतर बोक्ने जाल , पशु चौपाया बाध्न गलेउ , हलो बाध्न हलिउडा , जस्ता दैनिक प्रयोग का सामग्री निर्माण गरिने भए पनि हाते सीप हस्तान्तरण नहुदा युवा पुस्ता परनिर्भर बन्नु परेको स्थानीय मान सिँह महरा ले बताएका छन । 

 

स्थानीय डोरी जेउडा उत्पादन गर्न खेतबारी को डालिमा रोपेको भेउल र फागला को किनार बाट रमभास काटेर पानीमा कुहाउने, कुहाएर गन्हाएको रमभास र भेउलका धर्सा निकालेर फेरि पानीमा सफा गरेर सुकाउनु पर्ने झन्झट भएकाले पनि युवाहरु ले यो सीप प्रती चासो नराखेको स्थानीय महरा ले बताउनु भयो । अहिले धेरै ठाउँमा भेउल रमभास कुहाउन प्रयोग हुने तालतलैया, खोला, सार्वजनिक पोखरी मासिँदै गएकाले पनि किसानलाई स्थानीय डोरी बाटने सीप बचाइ राख्न समस्या भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update