Sagun Khabar
सुदूरपश्चिममा लागुऔषधको बिगबिगी, एकैदिन ७ जना युवक पक्राउ
Atrya hospital

सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट लागुऔषधमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। सोमबार कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट भजनी नगरपालिका–९ डम्पुरका २५ वर्षीय गणेशमान सिंह ३ सय मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय सुखडको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। त्यस्तै गोदावरी नगरपालिका–७ श्रीपुरका २८ वर्षीय शेरबहादुर चौधरीलाई १ सय ७० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका–४ राजीपुरका ३५ वर्षीय सुनिलबहादुर खडायत ५ ग्राम, नगद ७ हजार ३८०, घरमा खानतलासी गर्दा ३९ हजार नेपाली रुपैयाँ र ३७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। मंगलबार विहान धनगढी उप–महानगरपालिका–४ बसपार्कबाट ३ सय ७० मिलिग्राम लागुऔषधसहित मोरङको पथरी शमशेर नगरपालिका–१ घर भइ हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने ४९ वर्षीय कोरिसिकेश निरौला, चुरे गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update