Sagun Khabar
आज सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदै
Atrya hospital

आज (मंगलबार) सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ। नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गरेपछि आजदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाईभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए। प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको बताए। सभामुख भीमबहादुर भण्डारीले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको होरु भन्ने विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update