Sagun Khabar
कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता 
Atrya hospital

कैलाली –कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मोहन्याल गाउँपालिका–४ की २५ वर्षीया कल्पना बम बिहीवार बेपत्ता भएकी हुन् । 

मोहन्याल गाउँपालिका–५ माइतीघरबाट फर्कने क्रममा मोहन्याल गाउँपालिका–४ स्थित सुपली खोला तर्ने क्रममा उक्त खोलाले बमलाई बगाएको प्रहरीले जनाएको छ । 

खोलाले बगाएर बेपत्ता भएकी बमको खोजी कार्य जारी रहेको कैलाली प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update