Sagun Khabar
बाजुराको साँफे–मार्तडी सडक खुल्यो, मार्तडी–कोल्टी सडक भने अझै बन्द

बाजुरा –पहिरोका कारण आज बिहान बन्द भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ ।

यो सडकको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै लेदोसहित बिहान पहिरो झरेको र त्यसलाई हटाएपछि दिउँसोदेखि खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सडक खुलेपछि बिहान रोकिएका लामो तथा छोटो दुरीका गाडी गन्तव्यतर्फ लागेका छन् ।

Atrya hospital

यस्तै बाजुराको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक भने दुई हप्तादेखि बन्द छ । बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक लामो समयदेखि अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने सडकको ठाउँठाउँमा पहिरो गएको छ ।

सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने यात्रुवाहक तथा मालवाहक गाडी चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहेको तर अझै केही दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update