Sagun Khabar
प्रधानमन्त्रीमा ओलीको दाबी पेश 

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । 

शुक्रबार राति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा (एमाले) र नेपाली कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो ।

Atrya hospital

कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ । कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।

यसअघि शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिमक सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसअघि उनले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गरेका थिए । 

नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ ।

यसअघि असार १८ गते मध्यरातमा कांग्रेस–एमालेबीच सत्ता समीकरणमा सहमति भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update