Sagun Khabar
कास्कीमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनासहित १० जनाको मृत्यु 
फाइल फोटो
Atrya hospital

काठमाण्डौ – पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएराति पहिरोले घर पुरिएपछि ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी राधिका परियारको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–३२ चैनपुरमा पनि पहिरोले घर पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता भएकी छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update