Sagun Khabar
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
फाइल फोटो

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो शुक्रवार असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । 

नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचारसमेत गरिसकेका उनको सचिवालयले जनाएको छ ।

Atrya hospital

गएको १७ गते एमाले र कांग्रेसका बीचमा नयाँ सरकार गठनका लागि सहमति भएको थियो । कांग्रेससँग सहमति गरेसँगै एमालेका सबै आठ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । 

एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि उनले  संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update