Sagun Khabar
सुदूरपश्चिममा मन्त्रालय फुटाएर मन्त्रीहरुको व्यवस्थापन 

कैलाली –सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाएर मन्त्रीहरुको व्यवस्थापन गरिएको छ । मन्त्रालय फुटाएर बिना विभागीय ५ मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीको जिम्मेवारी तोकेका हुन् । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत् राखिएको छ ।

Atrya hospital

भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए ।

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमी सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

मुख्यमन्त्री सोडारीले अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएकी छन् । नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापाले कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटले स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update