Sagun Khabar
बैतडीमा शिक्षकहरुको रिले अनसन शुरु 

बैतडी –बैतडीमा शिक्षकहरुले रिले अनसन थालेका छन् । शुक्रबार सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै शिक्षकहरुले अनसन थालेका हुन् । 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत उनीहरुले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी अनशन तथा धर्ना दिएका हुन् । 

Atrya hospital

मागहरुको पूर्ण कार्यान्वयन हुनुपर्ने भन्दै अनसन र धर्ना कार्यक्रम गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष दल बहादुर कार्कीले जानकारी दिए । अनसनमा एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरु सहभागी छन् । 

पहिलो चरणको आन्दोलनमा शिक्षा विभागसँग भएको सम्झौता अनुसार सबै बुँदाहरु कार्यान्वयन नभएकाले अनसन र धर्ना कार्यक्रमहरु गरिएको कार्कीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update