Sagun Khabar
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु 
Atrya hospital

गुल्मी –गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update