Sagun Khabar
स्याङजामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु , बाग्लुङ्गमा दुई जना पुरिए
Atrya hospital

काठमाण्डौ –स्याङ्जामा पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उनकी तीन बर्षकी छोरी निकिसा जि.टी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताए ।

यस्तै बाग्लुङ्गको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दुई जना घरसहितको पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए  । अहिले खोजी र उद्वारका लागि प्रहरीको टोली खटिएको छ ।

यसैबीच पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको बाग्लुङ्ग खण्ड अवरुद्ध भएको छ । लगातार पानी परिरहेको र पहिरोले बाग्लुङ्ग खण्ड बन्द भएको हो । त्यस्तै कालीगण्डकी करिडोर र बाग्लुङ्ग–कुश्मीशेरा सडक पनि अवरुद्ध रहेको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।   
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update