Sagun Khabar
भारतमा बाढीले बगाउँदा सुदूरपश्चिमका एकजनाको मृत्यु 

बैतडी –भारतमा बाढीले बगाउँदा बैतडीका एकजनाको  मृत्यु भएको छ । बाढीकै कारण थप एक नेपाली मजदुरसहित अन्य ६ मजदुर बेपत्ता भएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका ६ गौकुरा घर भइ हाल कञ्चनपुर बसाई सरेका ३८ वर्षीय धनसिंह भण्डारी (मगन)को मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

Atrya hospital

भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको एक खोलाले बगाउँदा भण्डारीको शुक्रबार बिहान मृत्यु भएको उनका भाई सुरेन्द्र भण्डारीले जानकारी दिए । उक्त क्षेत्रमा केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको र एक्कासी आएको बाढीले भण्डारीको मृत्यु भएको हो । भण्डारी ड्युटीमै रहेका बेला बाढीले बगाएको बताइएको छ ।

भण्डारी सिक्किमस्थित रेल चल्ने सुरुङ निर्माण गर्ने काममा कार्यरत रहेका थिए । उनी विगत १५ वर्षदेखि भारतमा मजदुर गर्दै आएका थिए । मृतक भण्डारीका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् । भण्डारीको मजदुरका क्रममा मृत्यु भएपछि घरपरिवार शोकमा डुबेका छन् ।

सोही बाढीमा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ६ डोल घर भएर कञ्चनपुरको पिपलाडी बस्ने डम्मर लुहार बेपत्ता भएका छन् । यस्तै सोही कम्पनीमा काम गर्ने अन्य ५ भारतीय मजदुर पनि बेपत्ता रहेका बताइएको छ ।
उनीहरुको खोजी कार्य जारी रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update