Sagun Khabar
कैलालीमा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते 

कैलाली – कैलालीमा चट्याङ लागेर तीन बालिका घाइते भएका छन् । 

आज (बुधवार) बिहान विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिका गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले बताए ।

Atrya hospital

मोहन्याल आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने बेला परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । गम्भीर घाइते बालिकाहरुको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । 

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update