Sagun Khabar
पहिरोमा परी दुई बालबालिकाको मृत्यु 
फाइल फोटो

काठमाण्डौ – पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको मृत्यु भएको । मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीय छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमायालाई सकुशल उद्धार गरिएको छ ।

Atrya hospital

त्यस्तै आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको मृत्यु भएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुसल उद्दार गरिएको छ ।

यस्तै लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले तीन घर पुरेको छ । पहिरोमा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरेको गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले जानकारी दिइन् । 

पहिरोमा रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उहाँकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए । बेपत्ताको खोजी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update