Sagun Khabar
करेन्ट लागेर एक बालकको मृत्यु 
Atrya hospital

अछाम –अछाममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर तुर्माखाँद गाउँपालिका ६ का १५ बर्षीय बिमल कामीको मृत्यु भएको हो । 

बिमल र उनका भाइ झंकर विक अध्ययन सामग्री किन्नका लागि गइरहेका बेला बाटोमा चुँडिएको तारबाट करेन्ट लागेर बिमलको मृत्यु भएको बताइएको छ । 

बिमलसँगै गएका झंकर भने सकुशल रहेका छन् । मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update