Sagun Khabar
बैतडीमा श्रावण मसान्त सम्म थपियो निषेधाज्ञा 

बैतडी –बैतडीमा श्रावण मसान्त सम्म निषेधाज्ञालाई निरन्तरता दिईएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि श्रावण मसान्त सम्म लम्ब्याउने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गते सम्म छैटौं पटक निषेधाज्ञा थपिएको थियो । आज रातीदेखि लागू हुने गरेर सातौं पटक निषेधाज्ञा थपिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले जानकारी दिए । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए । 

Atrya hospital

। पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालनमा रहने बताईएको छ । यस्तै विवाह,ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रमहरुमा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बैतडीमा गत वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञामा खुकुलो पार्दै लम्ब्याइएको हो । कोरोना भाइरसको तेश्रो लहरको समेत चेतावनी आईरहेकाले सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update