Sagun Khabar
बैतडीमा शुक्रबार ३ जना संक्रमणमुक्त, थप २ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा शुक्रबार ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका १ जना र कञ्चनपुरका २ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप २ जनामा कोरोना पुष्टि भएको छ । सिगास गाउँपालिकाका एक जना र दोगडाकेदार गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

जिल्लामा अहिले २७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, पाटन नगरपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना र सिगास गाउँपालिकामा ३ जना रहेका छन् ।

Atrya hospital

यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा २ जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीका मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update