Sagun Khabar
बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको मृत्यु 

जाजरकोट –भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको बाढीले बगाएर मृत्यु भएको हो । 

मृतक इन्द्रबहादुर कुशे गाउँपालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक रहेका कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहले बताइन् । 

Atrya hospital

माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए ।

घाइतेको उद्धार भइसकेको  उपाध्यक्ष सिंहले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update