Sagun Khabar
पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध 
Atrya hospital

बैतडी –पहिरो कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । सो लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडक खण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि लोकमार्ग अवरुद्ध भएको हो । 

लोकमार्ग अवरुद्ध हुँदा सैयौ गाडी र यात्रु बीचबाटोमै अलपत्र परेका छन् । दार्चुला जाने र दार्चुलाबाट छुटेका गाडीहरु बिहान १० बजेदेखि बीचबाटोमै रोकिएका छन् । 

पहिरो पन्छ्याउनका लागि जेसीबी लगाएर काम भईरहेको भएपनि अझै एक दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ । महाकाली लोकमार्गको धरमघरमा बेलाबेलामा पहिरो खस्दा सवारी साधन सञ्चालनमा समस्या भएको छ । मोड सुधार कार्यक्रम अन्तर्गत सडक काटिएपछि सो ठाउँमा पहिरो खस्न थालेको हो । माथिबाट अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update