Sagun Khabar
भारतीय एसएसबीले तुइन काटिदिदा दार्चुलाका एक पुरुष महाकालीमा बेपत्ता

दार्चुला –दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ मालमा तुईन तर्ने क्रममा एक जना पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् । शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम आउनका लागि भारतको बाटो हुदै तुईन तरेर आउन लागेका ३० वर्षीय जयसिह धामी भारतीय प्रहरी एसएसबीले तुइन काट्दा महाकालीमा बेपत्ता भएका हुन् । विहान साढे ८ बजेतिर भारतीय प्रहरीले डोरी काट्दा तुइनको तारसंगै तानिएर धामी महाकालीमा बेपत्ता भएका हुन् । 

स्थानीयहरुका अनुसार बेपत्ता भएका धामी तुईन तरेर भारतीय क्षेत्रमा पुगेका थिए । तुईनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुईन खोल्न लगाउदाँ तुइनको तारले तानेपछि नदीमा हुत्तिएर बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

Atrya hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र चन्दका अनुसार, तुइन तरेर व्यासका केहि मानिस भारतीय बजार गएका थिए, नदीमा बगेका धामी तुइन तर्न खोज्दा भारतीय प्रहरीले तुइन हटाएपछि तारसंगै तानिएर महाकालीमा बेपत्ता भएका हुन् । अहिले स्थानीय र प्रहरीले वेपत्ता धामीको खोजिकार्य गरिरहेको छ ।

दुम्लीङ र सुन्सेराबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नेपाल तर्फ सडक नहुदाँ ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update