Sagun Khabar
कोरोनाको जोखिम कायमै भएकाले सतर्कता अपनाउन दनपाको आग्रह 
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले कोरोनाको जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै दशरथचन्द नगरापालिका अझै पनि कोरोनाको उच्च जोखिममा रहेकाले सर्तकता अपनाउन आग्रह गरेको हो । 

वैज्ञानिकहरुले कोरोनाको तेश्रो लहर आउन सक्ने चेतावनी दिईरहेकाले भीडभाडका कार्यक्रम नगर्न नगरपालिकाले आग्रह गरेको छ । बजारमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन पनि नगरपालिकाले आग्रह गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  ०५:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update