Sagun Khabar
बैतडीका स्थानीय तहको बेरुजु रकम कति पुग्यो ? 

बैतडी –बैतडीका स्थानीय तहहरुको बेरुजु रकम प्रत्येक बर्ष बढ्दै गएको छ । आर्थिक अनुशासन नहुँदा स्थानीय तहहरुको बेरुजु रकम बढ्दै गएको हो । हरेक बर्ष बेरुजु रकम थपिने रोकिएको छैन् । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० प्रतिवेदन अनुसार स्थानीय तहहरुले बेरुजु रकम घटाउन सकेका छैनन् । 

आर्थिक बर्ष २०७९÷८० मा दशरथचन्द नगरपालिकाको बेरुजु रकम १ करोड ५८ लाख ४३ हजार देखिएको छ । यो मध्ये ३४ लाख २४ हजार असुल गर्नुपर्ने, ७२ लाख २३ हजार प्रमाण तथा कागजात पेश गर्नुपर्ने, ३० लाख ८६ हजार नियमित गर्नुपर्ने र २१ लाख १० हजार पेश्की बाँकी रहेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । यो संगै दशरथचन्द नगरपालिकामा अहिले सम्म बेरुजु रकम ४१ करोड ७२ लाख ४५ हजार रुपैयाँ पुगेको छ । 

पाटन नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को बेरुजु रकम ५२ हजार ७९ हजार रहेको छ । यो मध्ये ६ लाख ८६ हजार असुल गर्नुपर्ने, २३ लाख ६० हजार प्रमाण तथा कागजात पेश गर्नुपर्ने, १४ लाख नियमित गर्नुपर्ने र ८ लाख ३३ हजार पेश्की रकम बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाटन नगरपालिकामा अहिलेसम्म बेरुजु रकम १६ करोड २ लाख १६ हजार रुपैयाँ पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 

Atrya hospital

जिल्लाको पुर्चौंडी नगरपालिकामा गत आर्थिक बर्षमा ३ करोड ९० लाख २ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । उक्त रकममध्ये ४ लाख ६९ हजार असुल गर्नुपर्ने, ३ करोड २१ लाख ४४ हजार प्रमाण तथा कागजात पेश गर्नुपर्ने, ३४ लाख ५१ हजार नियमित गर्नुपर्ने र २९ लाख ३८ हजार पेश्की बाँकी रहेको उल्लेख गरिएको छ । पुर्चौंडी नगरपालिकामा अहिलेसम्म बेरुजु रकम १७ करोड ६२ लाख ३३ रुपैयाँ पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मेलौली नगरपालिकामा गत आर्थिक बर्षमा ५ करोड ११ लाख ९९ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । उक्त रकम मध्ये २८ लाख ८९ हजार असुल गर्नुपर्ने, ४ करोड १७ लाख २३ हजार प्रमाण तथा कागजात पेश गर्नुपर्ने, ४५ लाख ८२ हजार नियमित गर्नुपर्ने र १९ लाख पेश्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मेलौली नगरपालिकामा हाल सम्म बेरुजु रकम २१ करोड ७४ लाख ३८ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जिल्लाको सिगास गाउँपालिकामा आर्थिक बर्ष २०७९÷८० मा बेरुजु रकम २ करोड १५ लाख २१ हजार देखिएको छ । यो मध्ये ९ लाख ६९ हजार असुल गर्नुपर्ने, १ करोड १२ लाख ७५ हजार प्रमाण तथा कागजात पेश गर्नुपर्ने, २१ लाख ३२ हजार नियमित गर्नुपर्ने र ७१ लाख ४५ हजार पेश्की बाँकी रहेको उल्लेख गरिएको छ । सिगास गाउँपालिकामा अहिलेसम्म २१ करोड ११ लाख २३ हजार रुपैयाँ बेरुजु रकम पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
जिल्लाको शिवनाथ गाउँपालिकामा गत आर्थिक बर्षको बेरुजु रकम ४३ लाख २७ हजार रहेको छ । यो मध्ये ४ लाख १० हजार असुल गर्नुपर्ने, १८ लाख प्रमाण तथा कागजात पेश गर्नुपर्ने, १६ लाख ४७ हजार नियमित गर्नुपर्ने र ४ लाख ७० हजार पेश्की बाँकी रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । यो संगै शिवनाथमा अहिलेसम्म बेरुजु रकम १४ करोड ६१ लाख ६५ हजार रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ । 

दोगडाकेदार गाउँपालिकामा गत आर्थिक बर्षमा ४० लाख ९४ हजार रुपैयाँ बेरुजु रकम रहेको महालेखाको हालैको प्रतिवेदनले देखाएको छ । उक्त रकममध्ये ५ लाख ९० हजार असुल गर्नुपर्ने, ५ लाख ९७ हजार प्रमाण तथा कागजात पेश गर्नुपर्ने र २९ लाख ७ हजार नियमित गर्नुपर्ने उल्लेख गरिएको छ । दोगडाकेदारमा अहिलेसम्म १८ करोड २९ लाख १० हजार बेरुजु रकम पुगेको महालेखाले जनाएको छ । 

जिल्लाको सुर्नया गाउँपालिकामा गत आर्थिक बर्षमा ४ करोड ५९ लाख ४५ हजार बेरुजु रकम देखिएको छ । यो मध्ये १८ लाख ३८ हजार असुल गर्नुपर्ने, ३ करोड ६० लाख ७२ हजार प्रमाण तथा कागजात पेश गर्नुपर्ने, ७० लाख ८५ हजार नियमित गर्नुपर्ने र ९ लाख ५० हजार पेश्की बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाको अहिलेसम्मको बेरुजु रकम २१ करोड २९ लाख ४९ हजार पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा गत आर्थिक बर्षमा ७ करोड ८ लाख ४४ हजार रुपैयाँ बेरुजु रकम देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो मध्ये ५१ लाख ९१ हजार असुल गर्नुपर्ने, ३ करोड ४४ लाख ३६ हजार प्रमाण तथा कागजात पेश गनुपर्ने, २ करोड ४० लाख ४७ हजार नियमित गर्नुपर्ने र ७१ लाख ७० हजार पेश्की बाँकी रहेको उल्लेख गरिएको छ । यो संगै डिलाशैनीमा अहिलेसम्म ३९ करोड १ लाख ७९ हजार रुपैयाँ बेरुजु रकम पुगेको छ । 

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गत आर्थिक बर्षमा १ करोड ८९ लाख ९८ हजार बेरुजु देखिएको छ । यो मध्ये १८ लाख ६३ हजार असुल गर्नुपर्ने, ७६ लाख प्रमाण तथा कागजात पेश गर्नुपर्ने, ३४ लाख ९४ हजार नियमित गर्नुपर्ने र ६० लाख ४१ हजार पेश्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यो संगै पञ्चेश्वरमा अहिलेसम्म २२ करोड ६६ लाख ८९ हजार रुपैयाँ बेरुजु रकम पुगेको महालेखाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update