Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका बिरामी बढे 
Atrya hospital

बैतडी –जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । पछिल्लो केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये अधिकांश भाइरले ज्वरो र रुघाखोकीका बिरामी भएका उनले बताए । 
मौसम आएको परिवर्तनसंगै ज्वरोका बिरामी बढेका डा. जोशीले जानकारी दिए । बर्षातको समयमा पानीका मूहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उनले सुझाव दिए । 

पानी उमालेर पिउन डा. जोशीको आग्रह छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाईमा पनि बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  ०५:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update