Sagun Khabar
सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण 

कैलाली –सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

Atrya hospital

सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरे पनि स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । 

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला तथा योजना र  माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास विकास मन्त्रीको शपथ ग्रहण गरेका छन् । 

एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक, एकीकृत समाजवादीका माया पन्तलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ । यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update