Sagun Khabar
सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीले गरे मन्त्री पद अस्वीकार 

कैलाली –सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

Atrya hospital

जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए ।

तर, जोशीले उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि मुख्यमन्त्रीले मन्त्रीहरूको नयाँ सूची प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।

मुख्यमन्त्रीले पठाएको पत्रमा जोशी बाहेकका ७ जनाको नाम उल्लेख गरिएको स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update