Sagun Khabar
बैतडीमा साउन १७ देखि कोरोना विरुद्धको भेरोसेल खोप लगाइने 

बैतडी –बैतडीमा साउन १७ गतेदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीले खोप कार्यतालिका प्रकाशन गरेर साउन २१ गते सम्म खोपको पहिलो मात्रा लगाइने जनाएको हो । खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन् । ठूलो वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई खोप लगाइने स्वास्थ्य प्रमुख भट्टले बताए । खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

Atrya hospital

खोप अभियान अन्तर्गत साउन १७ र १८ गते पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप दिइने छ । यस्तै साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यसैगरी साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले बताए । 

बैतडीमा खोप अभियानका लागि १८ हजार डोज खोप आईसकेको स्वास्थ्य प्रमुख भट्टले बताए । भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिनभित्र दोश्रो मात्रा दिनुपर्ने हुन्छ । दोश्रो मात्रा मौज्दात राखेर खोप अभियान सञ्चालन हुने उनले बताए । 

बैतडीमा यो भन्दा पहिलो सञ्चालन भएको खोप अभियानमा कोभीशील्डको दुवै मात्रा ३ हजार ४७३ जनाले लगाएका छन् भने १२ हजार ९५३ जनाले पहिलो मात्रा मात्रै लगाएका छन् । यस्तै भेरोसेलको ३ हजार ३०२ जनाले पहिलो मात्रा लगाएका छन् भने ती मध्ये ३ हजार ५४ जनाले दोश्रो मात्रा समेत लगाईसकेका छन् । 

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update